मन्त्री हुन सजिलो छैन नी, धेरै दुख गर्नुपर्छ: राजीव गुरुङ
पाेखरा | मंसिर २०, २०७९
पोखराः मनाङबाट स्वतन्त्ररुपमा प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेपछि आज पत्रकारसँग कुराकानी गरेका छन् ।
राजधानीमामा पत्रकार सम्मेलन गरी उनले नेकपा एसलाई मुलुकको शक्तिकारुपमा व्याख्या गर्न भ्याए । चुनावी परणामपछि सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् ।
समाजवादीमा प्रवेश गर्नुकोकारण मन्त्री बन्नलाइ नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुन सजिलो छैन, धेरै दुख गर्नुपर्छ ।’ गुरुङले मन्त्री बन्न दुख गरेको मान्छेले मात्रै थाहा पाउने भएको भन्दै आफुुले पनि त्यस्तै दुख गरेर मन्त्री भएको उल्लेख गरे ।
तर हाल नेकपा एसमा मन्त्री बन्न नभई पार्टी र विचारधारा मन परेर प्रवेश गरेको बताए । ‘म मन्त्री हुन चाहेर हुने कुरा हैन’ उनले भने ‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछुु ।’
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

